थप समाचारमंगलबार, कार्तिक २५, २०७१
भारतमा बन्ध्याकरणका क्रममा ९ महिलाको मृत्यु, ३० विरामी
भारतको छत्तिसगढमा एकजना चिकित्सकले ६ घण्टामा ८३ जना महिलाको स्थायी बन्ध्याकरण गर्दा भएको लापरवाहीका कारण ९ जना महिलाको मृत्यु भएको छ भने ३० जना महिला गम्भीर बिरामी भएका छन् । विरामीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
ठूलो संख्या महिलाहरु विरामी र ९ जनाको मृत्यु पछि राज्य सरकारले ४ जना डाक्टरलाई निलम्बित गर्नुका साथै स्वास्थ्य सचिव डा. कमलप्रित सिंहलाई पदबाट हटाएको छ ।
निलंबित हुनेहरुमा अप्रेशन गर्ने डा। आरके गुप्ता, बन्ध्याकरण कार्यक्रमका समन्वकर्ता, जिल्लाका मुख्य चिकित्सा अधिकारी र इलाका चिकित्सा अधिकारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
डा. गुप्तालाई अघिल्लो वर्षमात्रै ५० हजार महिलाको बन्ध्याकरण गरेकोमा पुरस्कृत गरिएको थियो ।
स्थानीयले स्वास्थ्य शिविरमा एकजना मात्र चिकित्सक रहेको र उनले आफ्ना सहयोगीका साथमा ६ घण्टामा ८३ महिलाको अप्रेशन गरेको बताएका छन् ।
छत्तीसगढ राज्यका स्वास्थ्यमन्त्री अमार अग्रवालको गृह जिल्लामा नै सो स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
