समाचारमंगलबार, कार्तिक २५, २०७१

‘नेपाल र भारत उस्तै, काम कम कुरा बढी’

हिमालखबर

nitin_gadkari२५ कात्तिकमा काठमाडौंको हायात होटेलमा आयोजित ‘नेपाल इन्फ्रास्ट्रक्चर समिट’ मा बोल्दै भारतीय सडक, यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले नेपाल पनि आफ्नै देशजस्तो लागेको भन्दै थपे, “हामी काम भन्दा बढी कुरा गर्छौं ।”

पूर्वाधार विकासका बारे आफ्नो धारणा सुनाउँदै मन्त्री गडकरीले सडक नै समृद्धिको आधार भएको बताए । उनले पूर्वाधार विकासका लागि ठिक समयमा ठिक निर्णय गर्नु, त्यसै अनुसारका नीति निर्माण गरी तुरुन्तै कार्यान्वयनमा जानुपर्नेमा जोड दिए ।

उनले अबको युगमा विकासका लागि रकमको अभाव ठूलो समस्या नभएको भन्दै निजी लगानीकर्ता, बैंक तथा जनस्तरबाटै पनि पैसाको चाँजो मिलाउन सकिने आफ्नो ‘महाराष्ट्र अनुभव’ सुनाए ।

अहिले पैसाभन्दा पनि नयाँ तकनिकी र उद्यमशिलता महत्वपूर्ण भएको उनको भनाई थियो ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने समिटका प्रमुख अतिथि प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा लामो समयको राजनीतिक अस्थिरताले पूर्वाधारको विकास हुननसकेको बताए ।

उनले अहिले लगानीका लागि उपयुक्त वातावरण बनेको र सरकारले लगानी मैत्री वातावरण बनाउँदै गएकोले विकासको ढोका खुलेको दाबी गरेका थिए । कोइरालाले भने, “संविधान जारी भएसँगै नेपाल तिव्र विकासको बाटोमा अघि बढ्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>