समाचारमंगलबार, आश्विन २३, २०६९
‘प्याकेजमा सहमति नहुँदासम्म सरकारले राजीनामा नदिने’
प्रधानमन्त्री निवास बालुवाटारमा २३ असोजमा बसेको एमाओवादी पदाधिकारी तथा सङ्गठन विभागको बैठकले राजनीतिक निकासका लागि वार्ता र संवादलाई अगाडि बढाउने निर्णय गर्दै प्याकेजमा सहमति नभएसम्म वर्तमान सरकारले राजीनामा नगर्नेबारेमा पनि छलफल भएको एमाओवादी प्रवक्ता अग्नी सापकोटाले वताएका छन् ।
बैठकमा पार्टीले आगामी माघमा तय गरेको महाधिवेशनको विषयमा छलफल केन्द्रित भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
विगत २२ वर्षदेखि हुन नसकेको महाधिवेशनलाई सफल बनाउनका लागि सारा पार्टीपङ्क्तिलाई क्रियाशील बनाउनुपर्ने र महाधिवेशनका सन्दर्भमा आउन सक्ने समस्याका विषयमा पनि बैठकमा छलफल भएको छ ।
आज सङ्गठनात्मक कार्यविधिका विषयमा सामान्य छलफल भएको र २४ असोजमा बस्ने बैठकले महाधिवेशनको कार्यविधिका विषयमा टुङ्गो लगाउने बताइएको छ । रासस
