थप समाचारबुधबार, कार्तिक २६, २०७१
अख्तियारको निर्देशनमा एकै विद्यालयका ११ शिक्षक निष्कासित
लम्कीको राष्ट्रिय माविले विज्ञापनै नगरी अध्यापन अनुमतिपत्रसमेत नभएका शिक्षक व्यवस्थापन समितिले निजी स्रोतबाट राखेको विषयमा अख्तियारमा मुद्दा परको थियो । अख्तियार सम्पर्क कार्यालय महेन्द्रनगरले गरेको परिपत्रअनुसार २६ कात्तिकमा बसेको विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको बैठकले त्यहा“ अध्यापन गराउँदै आएका ११ शिक्षकलाई निष्कासित गरेको छ ।
निष्कासित शिक्षकहरु जगत थ्याईत, डम्बर शाही, भद्र भण्डारी, रुपा खत्री, इन्दीरा गिरी, नरेन्द्र वली, सरस्वती शाही, निर्मला चौधरी, लोकेन्द्र कठायत, इन्द्र विष्ट रहेको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर शाही बताए ।
उनले प्रक्रिया पु¥याई छिट्टै शिक्षक नियुक्ति गरिने बताएका छन् । यसरी एकै विद्यालयका ११ शिक्षक निष्कासित हुँदा विद्यालयको पढाइ प्रभावित भएको छ ।
यसअघि २९ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरले उक्ते विद्यालय निरीक्षणका लागि जिल्ला शिक्षा कार्यालय धनगढी कैलालीलाई पत्र पठाएको विद्यालय निरीक्षक लोकेन्द्र भट्टले जानकारी दिए ।
रासस
