थप समाचारबुधबार, कार्तिक २६, २०७१
अमेरिकी पर्यटक मृत फेला
सोलुखुम्बुको चौंरीखर्क–८ स्थित लुक्लाबजारमा एक अमेरिकी पर्यटक मृत फेला परेका छन् । इरानी मूलका ६५ वर्षीय अमेरिकी नागरिक लुक्लाबजारको नेष्ट होटलमा २६ कात्तिकमा मृत फेला परेका हुन् ।
उनी २१ कात्तिकदेखि होटलको कोठा नम्बर ११० मा बस्दै आएका थिए । २५ कात्तिकसम्म पनि कोठाबाट बाहिर ननिस्किएपछि होटल संचालक र प्रहरीले खोलेर हेर्दा उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको छ ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु
