समाचारमंगलबार, आश्विन २३, २०६९

पुनःस्थापनाको चर्चा सत्ता लम्बाउने खेलः नेता ओली

हिमालखबर

२३ असोजमा मेक्सिको जाने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता ओलीले एकीकृत नेकपा माओवादीले संविधानसभा पुनःस्थापनाको मुद्दा उठाएर सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाए । चार वर्षसम्म सत्ता स्वार्थमा अल्झिएर संविधान नलेखेका दलहरुले फेरि सत्ता लम्ब्याउन पुनःस्थापनाको मुद्दा उठाएको उनको भनाई थियो ।

नेता ओलीले पार्टीको संस्थागत निर्णय नमान्ने केही एमालेकै नेताहरुले समेत पुनःस्थापनाको मुद्दा उठाएको भन्दै थपे, “पार्टीको संस्थागत निर्णय नमान्ने जो कोही भएपनि पार्टी नेतृत्वले कारवाही गर्नुपर्छ ।”

एसियाली राजनीतिक दलहरुको संगठन आइक्यापको बैठकमा भाग लिन नेता ओली मेक्सिको जान लागेका हुन् ।

पछिल्लो समयमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संविधान सभा पुनःस्थापनाका लागि राजनीतिक दलहरुसँग बहसमा सक्रिय छन् । त्यसैगरी संविधान सभा पुनःस्थापनाका पक्षधर नेपाली कांग्रेसका पूर्व सभासदहरुले २३ असोजमा काठमाडौंमा भेला गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>