समाचारबिहीबार, कार्तिक २७, २०७१
रोल्पाबाट फर्के दाहाल
२७ कात्तिकमा बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकका लागि उनी भ्रमण छोट्याएर काठमाडौं फर्किएका हुन् । २६ कात्तिकमा जंकोट माडिचौरमा बास बसेका दाहाल विहान ११ बजे रोल्पाको सदरमुकाम लिबाङ आइपुगेका थिए ।
निकै हतारमा देखिएका दाहालले सदरमुकाम लिबाङमा जिल्लाबाट प्रकाशित रोल्पा समाचार साप्ताहिकको नवाँै वार्षिकोत्सवको उद्घाटन गरे ।
४ दिने भ्रमणमा उनी पश्चिम रोल्पाको होलेरी, दहवन, नुवागाउँ, गैरीगाउँ, घर्तीगाउँ, राँसी, माडिचौरलगायतका ठाउँ पुगेका थिए ।
