समाचारबिहीबार, कार्तिक २७, २०७१

विद्रोह गर्ने दाहालको धम्की

हिमालखबर

dahalरोल्पा भ्रमण सकेर राजधानी फर्कने क्रममा प्युठानको जस्पुरमा स्थानीय कार्यकर्तासँग कुराकानी गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले १२ बुँदे समझदारीबाट पछि फर्किन र बेइमानी गर्न थालेकोे आरोप लगाए । उनले भने, “कांग्रेस र एमालेले बेइमानी गर्न खोजेका छन्, बेइमानीको विरुद्धमा शान्तिपूर्ण विद्रोहको तयारी थालिएको छ ।”

चार दिनसम्म रोल्पामा रहेका अध्यक्ष दाहालले कांग्रेस र एमालेले सहमतिहरु उल्ट्याउने गरी अगाडि बढ्ने लक्षण देखाएका भन्दै अर्को शान्तिपूर्ण विद्रोहमा जुट्न कार्यकर्तालाई आग्रहसमेत गरे ।

आफूले २७ कात्तिक बिहान रोल्पाबाट प्रधानमन्त्री सुशील कोइरालासँग फोनमा कुराकानी गरेको र सहमतिका लागि तत्काल काठमाडौं आउन प्रधानमन्त्रीले आग्रह गरेका कारण भ्रमण छोट्टाएको भन्दै उनले प्रधानमन्त्री कोइरालासँग सहमति गर्न आफू तयार रहेको पनि बताए ।

कांग्रेस र एमालेले प्रस्तुत गरेको सात प्रदेशको प्रस्ताव फिर्ता हुनै पर्ने माग गर्दै उनले बाबुराम भटराईलाई पनि फोन गरी सहमतिका लागि प्रयास जारी राख्न आग्रह गरेको जानकारी दिनुभयो ।

यसैबीच, अध्यक्ष दाहालले नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्दले गरेको छुट्टै भेलाले माओवादीको एक समूह माउ पार्टी (एमाओवादी) मै फर्किन खोजेको र अर्को समूह पनि फर्किने सोच बनाउँदै गरेको दाबी गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>