समाचारमंगलबार, आश्विन २३, २०६९

मन्त्रिपरिषद विस्तार हुनसक्ने एमाओवादी प्रवक्ताको भनाई

हिमालखबर

रिपोर्टर्स क्लबले २३ असोजमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता सापकोटाले सहमति भएका विषयलाई समेटेर संविधानसभाको पुनःस्थापनामार्फत संविधान जारी गर्न सहमत भए कांग्रेसको नेतृत्वमा सरकार बनाउन सकिने यदि त्यसो नभए मन्त्रिपरिषद विस्तार गरेर अगाडि बढ्ने चेतावनी दिए ।

उनले भने, “संविधानसभाको पुनःस्थापना गरेर सहमति भएका विषयलाई जारी गरेर सहमति नभएका विषयलाई निर्वाचनमा लैजान कांग्रेस सहमत भए कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्छ, नत्र सरकार आफूलाई दह्रो बनाउँदै विस्तार गरेर अगाडि बढ्छ ।”

एक दुई साताभित्र सहमति गर्नु अनिवार्य भईसकेको अन्यथा राजतन्त्र पुनःस्थापना गर्नु पर्छ भन्ने धार बलियो हुने उनले दाबी गरे । उनले आफ्नो दल हरेक विकल्पमा जान तयार भएको वताए पनि पुनःस्थापनाको विकल्प कम जोखिमपूर्ण भएकाले त्यसमा जानुपर्ने धारणा राखेका थिए ।

साक्षात्कारका अर्का सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेस सरकारको नेतृत्व पाउने लोभमा संविधानसभा पुनःस्थापनाको पक्षमा नउभिने स्पष्ट पारे । उनले मृत्यू बरण गरिसकेको संविधानसभाले मुलुकलाई कुनै निकास नदिने भन्दै लोकतन्त्रलाई बचाउन नयाँ निर्वाचनमा जान कांग्रेस तयार रहेको दाबी गरे ।

संविधानसभा पुनःस्थापनाको पक्षमा अभिब्यक्ति दिने बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको अभिब्यक्ति उनीहरुको निजी धारणा भएको भन्दै संविधानसभाको पुनःस्थापना पार्टी विरोधि धारणा भएको केसीको भनाई थियो ।

उनले आफूहरुले जेठ १४ मा रुपान्तरित संसद राखौ भनि गरेको प्रस्ताव सरकारले अस्वीकार गरेको स्मरण गर्दै अब फेरि पुनःस्थापनाबाट मुलुकले निकास नपाउने ठोकुवा गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>