समाचारबिहीबार, कार्तिक २७, २०७१

मोदीले सभा गर्दैनन्ः सरकार

हिमालखबर

koirala-gautam२७ कात्तिकमा संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमसँग सभासदहरुले सार्क देशका प्रमुखहरुको नेपाल भ्रमण र सुरक्षाबारे जानकारी लिएका छन् ।

सभासदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र लुम्बिनीमा सभा गर्ने, साइकल बाँड्ने जस्ता कार्यक्रम गर्ने सुनिएको भन्दै त्यसबारेमा स्पष्ट पार्न भनेपछि जनकपुर र लुम्बिनीमा स्थानीय स्तरमा नागरिक अभिनन्दनको कार्यक्रम भए पनि मोदीले सभा गर्ने वा साइकल बाँड्ने जस्ता कार्यक्रम नभएको उपप्रधानमन्त्री वामदेव गौतमले स्पस्ट पारेको समितिका सदस्य यज्ञराज सुनुवारले जानकारी दिए ।

बैठकमा राष्ट्रिय जनमोर्चाका चित्रवहादुर केसीले सार्क सम्मेलनलाई मोदीमय बनाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए । उनले एक मित्रलाई खुशी पार्न लाग्दा अन्य देशका प्रमुख पनि आउँदैछन् भन्ने हेक्का राख्न प्रधानमन्त्री र गृहमन्त्रीसँग आग्रह गरे ।

सभासदहरुले सार्कको सुरक्षा, सार्वजनिक विदा, ट्राफिक व्यवस्थापन लगायका विषयमा पनि सरकारसँग जानकारी मागेका थिए ।

बैठकमा प्रधानमन्त्री कोइरालाले सार्क सम्मेलनमा आउने अतिथिहरु बिभिन्न ठाउँमा जान चाहँदा सरकारले व्यवस्थापन गर्नुपर्ने भन्दै सार्क ऐतिहासिक हुने दावी गरे ।

उनले मोदीको इच्छा अनुसार मुक्तिनाथ र अरु धार्मिकस्थल भ्रमणको कार्यक्रम तय भएको बताए ।

सार्कमा ट्राफिक व्यवस्थापन गर्दा सर्वसाधारणलाई असुविधा कम होस् भन्नेमा आफू सचेत रहेको पनि प्रधानमन्त्रीले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>