थप समाचारबिहीबार, कार्तिक २७, २०७१

आफन्त नै आफ्नो नभएपछि…

हिमालखबर

–कालिका खड्काchildren

आफ्नै बाबु र बाजेबाट बलात्कृत भएको तथ्य काभ्रेकी २० वर्षीया किशोरी आफैंले केही महीना अघि सार्वजनिक गरिन् । उनकी आमाले समेत बाहिर ल्याउन नसकेको अमानवीय तथ्य किशोरीले हिम्मत गरेर सार्वजनिक गरेकी थिइन ।

काभ्रेकै अर्की ७ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कारपछि हत्या गरेका थिए । उता, रुकुमकी १३ वर्षीया बालिका पनि आफन्तैबाट बलात्कृत भइन् । यी केही प्रतिनीधि घटना मात्रै हुन् । एक अध्ययन अनुसार आफन्तबाटै पीडित हुने नेपाली बालिकाको संख्या निकै अत्यास लाग्दो देखिन्छ ।

युनिसेफ र सीवीसले सन् २००६ मा गरेको अध्ययन अनुसार नेपालमा ११ वर्षमुनिका १२.३ प्रतिशत बालिकाले आफन्तबाटै दुव्र्यवहार खेप्नुपर्छ । त्यसमा २४ प्रतिशत करणी परिवारभित्रैबाट हुन्छ । १७ प्रतिशत छिमेकी र १७ प्रतिशत विद्यालयका शिक्षकबाट भएको पाइएको छ ।

२३ प्रतिशत बालिका १० वर्ष मुनिका, ६७ प्रतिशत बालबालिका ११–१६ वर्ष र १० प्रतिशत बालबालिका १७–१८ वर्ष उमेर समुहका बालिका पीडित हुन्छन् ।

यस्तै, नेपाल प्रहरीको सन् २०१२/१३ मा परेका ७०१ उजूरीमध्ये ४९.६४ प्रतिशत घटना १८ वर्षमुनिका बालबालिकाका छन् । यस्तै, महीनामा ८० जना भन्दा बढी यौन दुव्र्यवहार हुने र ५० प्रतिशत बालिका छन् ।

बालिकाहरु आफन्तबाटै पीडित बन्ने गरेको तथ्य हेर्दा सरकारले पीडकलाई कडा सजायको व्यवस्था गर्नुपर्ने राष्ट्रिय महिला आयोगका अध्यक्ष शेख चाँदताराले बताउँछन् । मुलुकी ऐन १४ नं महलमा जबर्जस्ती करणी र यौन हिंसाबारे प्रावधान राखे पनि बालिका यौन दुव्र्यवहार गर्नेलाई दिइने दण्ड सजायबारे स्पष्ट उल्लेख छैन । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>