समाचारबिहीबार, कार्तिक २७, २०७१

सार्क सम्मेलन: उपत्यकामा २ दिन सार्वजनिक विदा, विद्यालयहरु ४ दिन बन्द हुने

हिमालखबर

मन्त्रिपरिषदले सार्कको को १८ औं सम्मेलनका बेला १० र ११ मंसीरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

त्यसैगरी सार्क सम्मेलनको अघिल्लो दिन ९ मंसीरदेखि समापन भएको अर्को दिन १२ मंसीरसम्म उपत्यका विद्यालयहरु वन्द रहनेछन् ।

सार्कमा सहभागी हुन आउने अतिथीहरुको सुरक्षा व्यवस्था र आवागमनलाई सहज बनाउन सार्वजनिक विदा दिन गृहमन्त्रालयले गरेको प्रस्तावलाई २७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।

सार्क सम्मेलनका क्रममा सडक आवागमन खुकुलो बनाउन उपत्यकामा एक दिन जोर र बिजोर नम्बरका सवारी साधनहरु मात्र पालैपालो चल्न पाउने व्यवस्था सरकारले गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>