समाचारशुक्रबार, कार्तिक २८, २०७१

एमाओवादीले सहमतिका लागि पाँच दिन माग्यो, कांग्रेस–एमालेद्वारा अस्वीकार

हिमालखबर

रोल्पा भ्रमणबाट फर्किएपछि २८ कात्तिकमा बसेको बैठकमा एमाओवादीले ५ दिनको समय मागेका थिए । तर, कांग्रेस–एमाले सहमतिका लागि तयार नभएको एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

कांग्रेस–एमाले पेलेर जान खोजिरहेको बताउँदै दाहालले भने, ‘‘पेलेरै जाने हो भने मलाई राजनीतिक समितिको सभापतिबाट हटाएर अर्कै सभापति बनाए हुन्छ ।’’ उनले सहमतिको बाटो बन्द गरेर हस्ताक्षर संकलन थालेको हो भने पहिले आफुलाई हटाएर जान चुनौती दिए ।

विवादित विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई संविधानसभाले तेस्रो पटक दिएको समय १६ कात्तिकमा सकिएपनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । कांग्रेस–एमाले भने सहमति नजुटे ८ माघमै संविधान जारी गर्न बहुमतीय प्रकृयामा जानुपर्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>