समाचारशुक्रबार, कार्तिक २८, २०७१

नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित

हिमालखबर

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले ३६ ओभरमा ५ विकेट गुमाउँदै १३७ रन बनायो ।

अफगानिस्तान विरुद्ध बलिङ गरेका नेपाली खेलाडी प्रेम तामाङले २ विकेट लिए भने सुशील कंडेल, सौरभ खनाल र सुनिल धमलाले एक एक विकेट लिए ।

यो हारसँगै नेपालको सन् २०१५ मा बंगलादेशमा आयोजना हुने यू–१९ विश्वकपमा सिधै छनोट हुने सम्भावना कम भएको छ ।

अब नेपालले २९ कात्तिकमा यूएईसँग खेल्ने छ ।
————————————————————————————————————

नेपालद्वारा अफगानिस्तानलाई १३५ रनको लक्ष्य

कुवेतमा जारी एसीसी यू—१९ प्रिमियम लिगमा नेपालले अफगानिस्तानलाई १३५ रनको लक्ष्य दिएको छ ।

कुवेत सिटीको टाकटेक मैदानमा भइरहेको एसीसी यू—१९ प्रिमियम लिगमा नेपालले ४५ रनमा सबै विकेट गुमाएर १३४ रन बनाएको छ ।

नेपालका तर्फबाट सौरभ खनालले १३ बलमा १३ रन, योगेन्द्रसिंह कार्की ७५ बलमा २३ रन, आरिफ शेख १७ बलमा १० रन, कप्तान राजु रिजाल ६१ बलमा २१ रन बनाए ।

अर्जुन चापगाइँ, सुशील कंडेल र प्रेम तामाङ कुनै रन नबनाई आउट भए ।

अफगानिस्तानका बलर रशिद खानले नेपालका शुरुवाती ब्याट्सम्यान सन्दीप सुनार र सुनिल धमलालाई क्रमशः १६ र १७ रनमा बोल्ड गरे । उनकै बलमा प्रेम तामाङ क्याच आउट भएका थिए ।

सौरभ खनाल, योगेन्द्रसिंह कार्की र आरिफ शेख एलबिडब्ल्यू आउट भएका हुन् ।

नेपाली ब्याट्सम्यानहरु अफगानिस्तानको आक्रमक बलरका सामू फितलो देखिए ।

प्रतियोगिताको विजेता टोली आगामी वर्ष बंगलादेशमा हुने यु—१९ विश्वकपमा छनोट हुनेछ । दुवै टिमले शुरुवाती तीनै खेल जितेकाले आजको खेल नेपाल र अफगानिस्तानलाई अगाडि बढ्नका लागि उस्तै महत्वपूर्ण छ ।

समान खेल जिते पनि नेट रनरेटका आधारमा अफगानिस्तान पहिलो नम्बरमा छ । प्रतियोगिताको उपविजेताले विश्वकपमा छनोट हुन अर्को एक प्ले अफ खेल्न पाउने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>