समाचारशुक्रबार, कार्तिक २८, २०७१

मेरो आग्रह कसैले मानेनन्ः भटटराई

हिमालखबर

समितिको बैठकपछि भट्टराईले सहमतिका लागि जुट्न दलका शीर्ष नेताहरुलाई आग्रह गरेपनि नसुनेको बताए । उनले भने, ‘‘प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पनि सहमति कायम गर्न शीर्ष नेतालाई आग्रह गरे, तर आफ्नो आग्रहलाई कोही कसैले सुनेनन् । सहमतिका लागि पाँच दिन थप गरौँ भन्ने मेरो प्रस्ताव पनि मानेनन् ।’’

समितिमा कुनै सहमति नभएपछि १ मंसीरसम्मका लागि उनले बैठक स्थगित गरेका छन् ।

जुटेन सहमति

राजनीतिक दलहरुले अडान नछोडेपछि २८ कात्तिकमा बसेको बैठक बिना निष्कर्ष सकिएको छ ।

संविधानका विवादित विषयमा सहमति जुटाउन बसेको बैठकमा दलहरु आफ्ना अडानबाट कोही हट्न नमानेपछि सहमति जुटेन । बैठक सुरु भएलगत्तै सभापति बाबुराम भट्टराईले पाँच दिन समय थप गर्न आग्रह गरेका थिए ।

तर, कांग्रेस–एमालेले नमानेपछि बैठकमा अर्काे सहमति हुन सकेन । भट्टराईले दलहरुबीच छलफल गर्न पाँच दिनको समय मागेका थिए ।

सत्तारुढ दलहरुले आफूहरुले समितिमा पेस गरेको प्रस्तावलाई जस्ताको तस्तै संविधानसभामा पठाइदिन सभापति भट्टराईलाई आग्रह गर्दै आएका छन् । तर, सहमतिको सम्भावना कायमै रहेको भन्दै समय थप गर्न एमाओवादीका सभासदहरुले धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>