थप समाचारशनिबार, कार्तिक २९, २०७१

लुम्बिनीमा ३० देशका चार सय बौद्ध विक्षु

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

विहान राष्ट्रपति डा. रामवरण यादवले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । बौद्ध संस्कृति र सम्पदाको सम्वद्र्धन, सुरक्षा र संरक्षण विषयको चारदिने सम्मेलनको क्रममा २८ कात्तिक साँझा मायादेवी मन्दिर परिसरमा प्रार्थना र दीप प्रज्वलन गरिएको छ ।

नेपालको थेरवाद बुद्धिस्ट एकेडेमी र म्यानमाको सितगु इन्टरनेसनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको प्रचार संयोजक नवीन चित्रकारले बताए ।

तीस देशका ४०० भन्दा बढी बौद्ध भिक्षु तथा विद्वान्को सहभागिता रहने सम्मेलनमा स्वदेशी ४६ तथा विदेशी ४८ बौद्ध भिक्षु तथा विद्वान्ले ९४ कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>