समाचारशनिबार, कार्तिक २९, २०७१
संविधानसभालाई लाचार बनाइयो: कमल थापा
राप्रपा नेपालले सनातन धर्म सापेक्ष मुलुक निर्माणका लागि थालेको अभियानका क्रममा डडेल्धुरा पुगेका अध्यक्ष कमल थापाले २९ कात्तिक बिहान डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले संविधानसभालाई लाचार बनाएको आरोप लगाएका छन् ।
“संविधान सभा र जनतालाई बन्धक बनाइएको छ” थापाले भने, “संविधान निर्माणलाई प्रक्रियामा जान दिने हो भने संविधान जारी हुन समय लाग्दैन ।”
विवादित विषयहरु संविधानसभाबाट प्रक्रियामा लगेर टुङ्ग्याउनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले सहमतिका नाममा सत्ताको मोलमोलाई भइरहेको जिकिर गरे ।
उनले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई संविधान सभाको पूर्ण बैठक तत्काल बोलाउन आग्रह गरेका छन् ।
