समाचारशनिबार, कार्तिक २९, २०७१
बैठकमा गएनन् चन्द
चन्दले पार्टीभित्र असन्तुष्टि राख्दै छुट्टै भेला राखिरहेका बेला अध्यक्ष मोहन वैद्य किरणले बैठक बोलाएका थिए । कार्यालय स्रोतका अनुसार चन्द अनुपस्थित भएपनि बैठक सुरु भएको छ ।
चन्द पक्षधर पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्माले आफुहरु बैठकमा नगएको बताए । उनले भने, ‘‘हामी काठमाडौं बाहिर छौं, बैठकमा जाने कुरै भएन ।’’
चन्दले संघर्षमा जानुपर्ने विचार राख्दै विभिन्न भेला आयोजना गर्दै आएका छन् । यता, वैद्यले पार्टीको समस्याबारे छलफल गर्न बैठक आयोजना गरेका छन् ।
