समाचारशनिबार, कार्तिक २९, २०७१

संविधानका लागि बुद्धसँग प्रार्थना गर्दछुः राष्ट्रपति

हिमालखबर

तस्वीर: रासस

तस्वीर: रासस

लुम्बिनीमा शुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको २९ कात्तिकमा उद्घाटन गर्दै राष्ट्रपति रामवरण यादवले जनताको चाहनाअनुरूप समयमै संविधान निर्माण गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । उनले जनतालाई केन्द्रमा राखेर दलहरूले संविधान दिनुपर्छ भन्दै थपे, “समयमै संविधान आओस् भनेर म भगवान् गौतम बुद्धसँंग प्रार्थना गर्दछु ।”

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति यादवले बुद्ध धर्मलाई धर्मका रुपमा मात्रै सीमित नराखी दर्शनका रूपमा व्यक्तिगत जीवनमा आत्मसात् गर्नु पर्नेमा जोड दिए ।

उनले नेपाल हिंसा र हतियारको राजनीतिबाट शान्तिको मार्गमा उन्मुख भइरहेको उल्लेख गर्दै नेपालको राजनीतिक परिवर्तनबाट विश्वले पाठ सिक्ने धारणा राखे ।

सम्मेलन बुद्ध दर्शन र लुम्बिनीको प्रचारप्रसारमा महत्वपूर्ण हुने पनि यादवले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंह, म्यानमारका मन्त्री उ सो उइन, अन्तर्राष्ट्रिय थेरावाद बुद्धिष्ट एसोसिएसनका अध्यक्ष डा आसिन न्यानिसारा, भिक्षु ज्ञानपूर्णिका महास्थवीर लगायतले सम्बोधन गरेका थिए ।

चार दिनसम्म हुने सम्मेलनमा ३० देशका करिब ४०० बौद्ध भिक्षु तथा बौद्ध विद्वानको सहभागिता छ । सम्मेलनमा विभिन्न विषयमा ९४ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

बौद्ध संस्कृति र सम्पदाको संवद्र्धन, सुरक्षा र संरक्षण विषयक सम्मेलन नेपालको थेरवाद बुद्धिष्ट एकेडेमी र म्यानमाको सितगु इन्टरनेसनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा भएको हो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>