समाचारआइतबार, कार्तिक ३०, २०७१
‘नेपाल जी–२० मा समावेश हुनुपर्छ’
यो शिखर सम्मेलनपछि यो समूहकाे अध्यक्षता गर्न लागेको मुलुक टर्कीले नेपाललाई सदस्यता दिनुपर्ने धारणा राखेको छ । टर्कीका प्रधानमन्त्री अहमद तावुतोग्लुले अस्टेलियाको ब्रिसब्रेनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाललाई पनि जी–२० आवद्ध गराउनुपर्ने धारणा राखेका हुन् ।
उनले नेपाल आर्थिक रुपमा सम्पन्न नभए पनि आध्यात्मिक र सांस्कृतिक रुपमा सम्पन्न रहेको बताए । पत्रकार सम्मेलनमा प्रधानमन्त्री तावुतोग्लुले आफ्नो नेतृत्वमा यो समुह रहँदा यसलाई समावेशी र लोकतान्त्रिक बनाइने बताए ।
हिमालय टाइम्स
