समाचारआइतबार, कार्तिक ३०, २०७१

सरकारी आँखामाः सवारी दुर्घटनाका कारण

हिमालखबर

ट्राफिक प्रहरीको प्रतिवेदनले वितेको चार वर्षमा रु. ११ अर्व ३७ करोड प्राकृतिक प्रकोपबाट क्षति भएको छ, भने रु. १६ अर्व ४० करोड सवारी दुर्घटनाबाट क्षति भएको देखाएको छ । सवारी सधानको बृद्धिसँगै दुर्घटना पनि बढेको छ । २२ वर्ष पहिले एक लाख ४० हजार सवारी साधन रहेकामा हाल १७ लाख ६० हजार सवारी साधनको संख्या पुगेको छ, भने दुर्घटना ४९.३३ प्रतिशत बढेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रमुख डिआइजी केशव अधिकारी भन्छन्,  ‘‘दुर्घटना हुने कारण थपिदै जाँदा दुर्घटना पनि बढ्दै गएको छ ।’’ उनका अनुसार सवारी साधनको अत्यधिक वृद्धि, चालक, पैदलयात्री तथा सरोकारवाले कर्तव्य निर्वाह गर्न नसक्दा सवारी दुर्घटना बढ्दै गएको छ ।

पछिल्लो दुई वर्षमा दुर्घटना दर ७९ प्रतिशतबाट बढेर ८६ पुगेको छ । यसले सवारी दुर्घटनाबारे गम्भीर छलफल गर्नैपर्ने अवस्था आएको डिआइजी अधिकारी बताउँछन् । यातायात नीति पनि परिवर्तन गर्नेपर्ने बताउँदै उनी भन्छन्, ‘‘लापर्बाही गर्ने चालकलाई रु.२५ जरिवाना, जेब्रा क्रसिङलाई बेवास्ता गर्नेलाई रु. ५०–२०० सम्म जरिवाना गर्ने व्यवस्थामा आमूल सुधार नगर्दासम्म समस्या समाधान गर्न सकिदैन ।’’

मुलुकमा हालः सञ्चालनमा रहेको ६६ हजार किलोमिटर सडकमध्ये ६४.८० प्रतिशत सडक पूर्णतः कच्ची र हचुवाका भरमा निर्माण गरिएको छ भने कहीँकतैबाट त्यसको अनुगमन हुन सकेको छैन ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>