समाचारआइतबार, कार्तिक ३०, २०७१
७० वर्ष माथिका सशस्त्र प्रहरीलाई वार्षिक दुई लाख
१४ औं प्रहरी दिवसका अवसरमा ३० कात्तिकमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले यस्तो घोषणा गरेका हुन् । उनको घोषणा अनुसार विभिन्न कारणले एकल जीवन बताउनुपर्ने भूतपूर्व प्रहरीले यो सुविधा पाउँने छन् ।
यस्तै, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीको असामयिक निधन भएमा पाउने कृयाखर्च १५ हजार बढाएर ३० हजार पु-याइएको छ । स्थापना दिवसका अवसरमा अन्य विभिन्न निर्णय तथा पुरस्कारहरु पनि वितरण गरिएको छ ।
