थप समाचारआइतबार, कार्तिक ३०, २०७१

आइएस उग्रवादीद्वारा अमेरिकी बन्धकको हत्या

हिमालखबर

आइएसले अमेरिकी नागरिक पिटर कासिगको हत्या गरेको भिडियो सार्वजनिक गर्दै यो अमेरिकालाई चेतावनी भएको जनाएको छ ।

आइएसले अमेरिकी नागरिक पिटर कासिगको हत्या गरेको भिडियो सार्वजनिक गर्दै यो अमेरिकालाई चेतावनी भएको जनाएको छ ।

इस्लामिक स्टेट (आइएस) को वेभसाइट र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा अमेरिकी बन्धक पिटर कसिगसहित सिरियाली सैनिकको टाउको काटी हत्या गरिएको बताइएको छ ।

भिडियोमा हत्या गरिरहेको नदेखिए पनि मास्क लगाएको मानिसको अगाडि शरीरबाट छुट्टिएको टाउको र रगत लागेको खुट्टा देखाइएको छ ।

भिडियोमा बेलायती शैलीको अंग्रेजी उच्चारणमा, “यो अमेरिकी नागरिक पिटर एडवर्ड कसिग हो,” भनिएको छ ।

kasig

कासिग । फाइल तस्वीर: एपी

भिडियोमा अन्य मानिसहरु (दाबी गरिए अनुसार सिरियन सेनाका पाइलट र अधिकृतहरु) पनि त्यसरी नै टाउको काटिएको अवस्थामा देखाइएको छ ।

गत अक्टुबरमा पनि यही वेभसाइटमा बेलायती सहायताकर्मी एल हेनिंगको टाउको काटिएको देखाइएको थियो जसको पछि स्वतन्त्र पुष्टि भएको थियो । उक्त भिडियोमा कासिगको पनि टाउको काटिने बताइएको थियो ।

अमेरिकी सेनामा काम गरेका २६ वर्षीय कासिग सिरियाली शरणार्थीहरुलाई राहत वितरण तथा प्राथमिक उपचारको कार्यका लागि टर्कीमा खटिएका थिए । उनलाई सन् २०१३ को अक्टोबरमा आइएसले बन्धक बनाएको थियो ।

कासिगलाई यसअघि आइएसले धर्म परिवर्तन गराई उनको नाम अब्दुल रहमान राखिदिएको थियो ।
एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>