समाचारआइतबार, कार्तिक ३०, २०७१
कार्कीले नमानेपछि कृषि समितिले सभामुख गुहार्ने
अख्तियार प्रमुख कार्की ३० कात्तिकमा बोलाइएको बैठकमा आउन अस्वीकार गरेको भन्दै कृषि तथा जलस्रोत समितिले सभामुख सुवास नेम्बाङलाई पत्र लेख्ने निर्णय गरेको छ ।
समितिका सभापति गगन थापाले अन्तरिम संविधानको धारा ७७ र व्यवस्थापिका–संसद (कार्य सञ्चालन नियमावली) २०७० को नियम १२७ र १६० कार्कीले उल्लंघन गरेको व्यवहोरा खुलाएर पत्राचार गर्न लागेको जानकारी दिए ।
कार्कीले ‘सार्वभौमसत्ता र राजकीयसत्ताको प्रयोग निर्वाचित जनप्रतिनिधिद्वारा हुने’ भन्ने संविधान प्रदत हक उल्लंघन गरेको समितिको ठहर छ ।
कावेली लगायत १४ वटा जल विद्युत आयोजनाहरुको दर्ता खारेजीका सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्जा मन्त्रालयलाई निर्देशन दिएको सम्बन्धमा छलफल गर्न अख्तियार प्रमुख कार्कीलाई समितिले आमन्त्रण गरेको थियो ।

