समाचारसोमबार, मंसिर १, २०७१
शीर्ष बैठक छाडेर ओली झापातिर
एमाले झापा जिल्ला कमिटीको अधिवेशनका लागि ओली झापा गएका हुन् । ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार ओली तीनदिनपछि मात्रै काठमाडौं आउनेछन् ।
यता, सिंहदरवारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । ओलीले बैठकमा उपाध्यक्ष विद्या भण्डारीलाई पठाएका छन् ।
१ मंसीर दिउँसो संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक पनि डाकिएको छ । समितिका सभापति बाबुराम भट्टराईले आज सहमति हुन नसके देशमा महाभारत सुरु हुने बताइरहँदा ओलीले काठमाडौं छाडेका छन् ।
