समाचारसोमबार, मंसिर १, २०७१
भट्टराई एमाओवादी हुनु नै दुर्भाग्यः ओली
जिल्ला अधिवेशन उद्घाटन गर्न इलाम पुगेका ओलीले समितिका सभापति जस्तो नभई भट्टराई एमाओवादी नेता भएर समितिमा बसेकाले समस्या आएको बताए । उनले अहिले संविधान बनाउँन चाहने र नचाहनेबीचको तकराव भइरहेको बताए ।
ओलीले भने, ‘‘संविधान बन्न नदिन एमाओवादीले मोर्चा बनाएपछि उक्त रणनीति असफल पार्न कांग्रेस–एमाले एक भएको हो, त्यसमा दुवै दल प्रतिवद्ध भएकाले माघ ८ मै संविधान आउँछ ।’’ उनले एमाओवादीले देश र जनताप्रतिको उत्तरदायित्व एमाओवादीले विर्सिएकाले देश द्वन्द्वतिर ढल्कदै गएको बताए ।
