समाचारसोमबार, मंसिर १, २०७१

दोस्रो संविधानसभा चुनावः मिडियाको रोजाई एमाओवादी

हिमालखबर

नेपाल प्रेस इन्स्टीच्यूटसँगको सहकार्यमा निर्वाचन आयोगले गरेको ‘सञ्चार माध्यम अनुगमन सम्बन्धी विश्लेषणात्मक प्रतिवेदन’ले यस्तो तथ्याङ्क देखाएको हो । १ मंसीरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार टेलिभिजनले एमाओवादीको ६८, कांग्रेसको १४, एमालेको ११ र राप्रपा नेपालको ७ प्रतिशत समाचार प्रशारण गरेको छ ।

यस्तै, प्रमुख दलका नेताहरु मध्ये सवैभन्दा बढी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको समाचार सम्प्रेषण गरिएको छ । प्रतिवेदन अनुसार दाहालको ५६, तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालको २६, कांग्रेस सभापति सुशील कोइरालाको १६ र राप्रपा नेपालका अध्यक्ष कमल थापाको २ प्रतिशत समाचार सम्प्रेषण भएको छ ।

पत्रपत्रिका, रेडियो, टीभी र अनलाइन गरी ७८७ वटा सञ्चार माध्यममा सम्प्रेषित १० हजार ४९१ समाचार अध्ययन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>