थप समाचारमंगलबार, मंसिर २, २०७१

दुई सय युवालाई रोजगार दिन औद्योगिक ग्राम: मन्त्री बस्नेत

हिमालखबर

उद्योग मन्त्री महेश बस्नेतले हरेक निर्वाचन क्षेत्रमा दुई सय युवालाई रोजगारी दिने औद्योगिक ग्राम बनाउन लागि परेको बताएका छन् । नवलपरासीमा २ मंसीर बिहान भएको पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारीमा विदेशिने युवालाई लक्षित गर्दै औद्योगिक ग्राम बनाउन लागि परेको बताए ।

“२४० निर्वाचन क्षेत्रमा २०० का दरले युवालाई रोजगारी दिने खाका बनाइरहेको छु,” उनले भने । उनले औद्योगिक प्रशिक्षण केन्द्र मार्फत देशका १४ ठाउँमा प्रशिक्षण केन्द्र स्थापना गरेर युवाहरुलाई सीपमुलक काममा जोड दिने बताए ।

मन्त्रालयले औद्योगिक प्रोफाइल बनाउने र औद्योगिक सूचना केन्द्र निर्माण गर्न लागि परेको समेत उनको भनाइ छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>