समाचारमंगलबार, मंसिर २, २०७१
भारतीय कलेजको लापरवाहीले सन्तान गुमाउनु पर्योः निना
२ मंसीरमा लैंनचौंर ब्याङ्क्वीटमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले स
मयमा उपचार र रेखदेख नगरिदिदा आफ्नो छोरा शानको निधन भएको जनाइन् । कक्षा–९, मा अध्ययरत शानको निमोनियाबाट २८ कात्तिकमा निधन भएको थियो ।
श्रेष्ठले भनिन, ‘‘खकारबाट रगत बग्न थालेपछि मात्रै अस्पताल लगिएपनि कलेजले मलाई जानकारी गराएन, मैले शानको साथीको अभिभावकबाट जानकारी पाए ।’’
सानको अवस्था निकै विग्रेपछि विद्यालय व्यवस्थापनले सानको उपचारका लागि सुरुमा स्थानीय हल्दवानी अस्पतालमा पु¥याएको थियो । त्यसपछि थप उपचारका लागि दिल्लीको फोर्टिज अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा भर्ना गरेको थियो ।
उक्त विद्यालयमा करिब ५०० नेपाली विद्यार्थी अध्ययनरत छन् । पत्रकार सम्मेलनमा सानका आफन्त चिकित्सक राजेशध्वज जिसीले सानको मृत्युको कारण निमोनिया र फोक्सोको सङ्क्रमणबाट भनियो तर छोटो समयमा नै ती कारणबाट मृत्यु हुन नसक्ने बताए । उनले भने, “समयमा कलेजले सानको स्वास्थ्य परीक्षण गरिदिएको भए यस्तो अवस्था आउने थिएन । बच्चाको मृत्युका बारेमा थप अध्ययन गर्नु आवश्यक छ ।”
कलेजका प्राचार्य अमनदीप सन्धुको व्यवहार सच्चियोस् र त्यहाँ अध्ययन गर्ने विद्यार्थीका अभिभावकले यस्तो दुःख व्यहोर्नु नपरोस् भन्नाका लागि आफूहरूले न्याय खोजिरहेको सानकी दिदी तेजस्वी श्रेष्ठले पत्रकार सम्मेलनमा भनिन् ।
सानको मृत्युको घटनाका बारेमा छानबिन गर्न माग गर्दै उनका परिवारजनले प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने तयारी गरेको उज्वलविक्रम थापाले जानकारी दिनुभयो ।
श्रेष्ठले आजै भारतीय दुतावास र प्रधानमन्त्री सुशील कोइरालालाई दोषीमाथि कार्वाहीको माग राख्दै ज्ञापनपत्र बुझाएकी छन् । उनले भारतको उत्कृष्ठ कलेजबाटै यस्तो गम्भीर लापरवाही भएकाले भारतीय शिक्षा मन्त्रालयले गम्भीर हुनुपर्ने जनाइन् ।
