थप समाचारमंगलबार, मंसिर २, २०७१
गैँडालाई रेडियो कलरिङ
बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग आसपासका क्षेत्रमा रहेका चार वटा गैँडालाई पहिलोपटक स्याटलाइट प्रविधिको रेडियो कलरिङ गर्न लागिएको हो । गैँडाको वैज्ञानिक अनुगमन गर्न आउँदो पुसको पहिलो सातादेखि रेडियो कलरिङ गर्न लागिएको निकुञ्जले जनाएको छ ।
यसअघि निकुञ्जका गैँडामा पिछा गर्दै जाने प्रविधिको ब्याट्री राखिएको रेडियो कलरिङ गरिएको थियो । तर, त्यो प्रविधि सफल नभएपछि स्याटलाइट प्रविधिको रेडियो कलरिङ गर्न लागिएको निकुञ्जका संरक्षण प्रमुख अधिकृत रामचन्द्र कँडेलले बताए ।
द्वन्द्वकालमा निकुञ्जको बबई उपत्यकामा रहेका सबै गैँडा मारिएका थिए । कँडेलले गैँडामा रेडियो कलरिङ गरिएपछि चोरी शिकार शून्य हुने अपेक्षा गरिएको बताए ।
भावुक योगी, बर्दिया

