समाचारमंगलबार, मंसिर २, २०७१

जस्तोसुकै षडयन्त्र परास्त गरेर पनि संविधान बन्छ: ओली

हिमालखबर

एमाले इलामको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधान बन्न नदिन केही तत्व सक्रिय रहेपनि त्यस्तालाई परास्त गरेर मुलुकलाई सुहाउँदो र लोकतान्त्रिक संविधान दिने बताए ।

संवैधानिक राजनीतिक संवाद समितिका सभापति डा बाबुराम भट्टराईले संविधान बनाउनेभन्दा पनि समितिमा आफ्नो पार्टीको विचार लाद्न खोजेको टिप्पणी गर्दै उनले, ‘‘प्रक्रियामा जान नमान्नेहरु उफ्रँदै, कराउँदै गर्छन्, तर पनि संविधान जारी गरेरै छाड्छौँ ।’’

विभिन्न ठाउँमा गएर जातीय द्वेष फैलाउनेलाई जनताले त्यसै नछाड्ने बताउँदै उनले प्रतिपक्षी दलले जताततै गएर जनतालाई बिनाकारण उचाल्ने र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>