समाचारमंगलबार, मंसिर २, २०७१
अखण्ड सुदूरपश्चिम कायम हुन्छः रावल
उनले सुदूरपश्चिमका यी दुई अञ्चल पीछडिएकाले नयाँ संघीय संरचनामा सेती–महाकाली अखण्ड रहनुपर्ने बताए । अछामको वयलपाटास्थित महेन्द्र उच्च माविमा आफैँले स्थापना गरेको ‘धनशोभा रावल जेहन्दार विद्यार्थी’ पुरस्कार वितरण कार्यक्रममा उनले भने, ‘‘पिछडिएको जनताको जीवनस्तर उकास्न सेती, महाकाली एक राज्य हुनुपर्छ ।’’
उनले एमाले आफ्नो वाचाअनुसार जनतालाई संविधान दिने कसरतमा लागेपनि एमाओवादी र जातीय संघीयताको कुरा गर्ने दलका कारण मुलुक अहिलेको अवस्थामा पुगेको बताए । रासस
