थप समाचारबुधबार, मंसिर ३, २०७१
डा. अरुण कोइरालाको अन्त्येष्टि
नेपाली कांग्रेस बाँकेका सभापति डा.अरुण कोइरालाको अन्तिम दाहसंस्कार गरिएको छ । पशुपति आर्यघाटमा ३ मंसीरमा उनको अन्तिम दाहसंस्कार गरिएको हो ।
अन्तिम दाहसंस्कार गर्नुअघि उनको पार्थिक शरीरलाई श्रद्धान्जलीका लागि केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । उनको पार्थिक शरीरमा अन्तिम श्रद्धान्जली दिन प्रधानमन्त्री सुशील कोइराला लगायत कांग्रेसका शीर्ष नेताहरु सानेपामा पुगेका थिए ।
उनको पार्थिक शरीरलाई ३ मंसीर बिहानै नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको हो । करिब डेढ महीनादेखि निमोनियाबाट गम्भीर बिरामी परेका कोइरालाको उपचारको क्रममा नयाँ दिल्लीको मेदान्त अस्पतालमा २ मंसीर बिहान निधन भएको थियो ।


