समाचारबुधबार, मंसिर ३, २०७१
संविधानका सवै विषयमा सहमति हुदैनः पोखरेल
प्रेस चौतरी नेपालले विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता पोखरेलले सवै विषयमा सहमति हुन्छ भन्नु काल्पानिक कुरा मात्रै भएकाले सहमति नजुटेका विषयमा मतदान हुने बताए । उनले विवादित विषयमा बहुमतबाट निर्णय गरेर भएपनि निर्धारित मितिमै संविधान बन्ने बताए ।
उनले जातीय आधारमा संविधान बन्न नसक्ने बताउँदै संघीय प्रदेशको सङ्ख्या, सिमाना, नामलगायतका विषयमा विवाद देखिएमा आयोगबाट समाधान गरिने बताए ।
