समाचारबुधबार, आश्विन २४, २०६९
कांग्रेस पुनःस्थापनाको पक्षमा छैनः कोइराला
२४ असोजमा नेपालगञ्जमा कार्यकर्ताहरुसँग कुरा गर्दै उनले प्रजातान्त्रिक मूल्य र मान्यताको सम्मान गर्दै ताजा जनादेशमा जानु नै उत्तम हुने स्पष्ट पारे । उनले भने, “निर्वाचनमा जानुअघि प्रमुख राजनीतिक दलबीच संविधान निर्माणका मूल सिद्धान्तमा सहमति तय गरिनुपर्छ, राज्यको पुनःसंरचना, शासकीयस्वरूप र संसदीय निर्वाचन प्रणालीसम्बन्धी विषयमा छलफल गर्नु आवश्यक छ ।¨
राष्ट्रिय सहमतिको सरकार नबनेसम्म अहिलेको राजनीतिक गतिरोध नहट्ने सभापति कोइरालाको भनाई थियो । “राष्ट्रिय सहमतिको सरकारमा को प्रधानमन्त्री बत्रे महत्वपूर्ण होइन, त्यो सरकारले अहिलेको राजनीतिक गतिरोधको गाँठो फुकाउँछ कि फुकाउँदैन भत्रे कुराले बढी अर्थ राख्छ, ” कोइरालाले भने ।
आफ्नो दलका नेताहरूबीच कुनै विवाद र मतभित्रता नरहेको दाबी गर्दै उनले कार्यकर्ता एकढिक्का भई सङ्गठन निर्माणमा जुटनुपर्नेमा जोड दिए । उनले थपे, “जनतालाई सस्तो कुरामा अल्मल्याउने होइन यथार्थ कुरा भनेर उनीहरूको मन जित्नुपर्छ ।”
