समाचारबुधबार, मंसिर ३, २०७१
एमाओवादीले जातीय फोर्स बनायो
३ मंसीरमा पत्रकार सम्मेलन गर्दै मोर्चाले विभिन्न जातीय फोर्स बनाएको निर्णय सार्वजनिक गरेको छ । एमाओवादीले मधेस फोर्समा रामकुमार शर्मा, किरात फोर्समा सुरेशकुमार राई, तमुवान फोर्समा राजु काजी गुरुङलाई प्रमुख बनाएको छ ।
फोर्स सार्वजनिक गर्दै एमाओवादी नेता गोपाल किराँतीले परिवर्तन र पहिचानलाई संस्थागत गर्न संघर्षका लागि फोर्स बनाएको बताए । उनले वर्गीय, क्षेत्रीय, तथा उत्पीडनमा पारिएका समुदायको अधिकारलाई सम्बोधन गर्न बहुजातीय नभई सहभागिताका आधारमा प्रदेश बनाउनुपर्ने बताए । रासस
