समाचारबिहीबार, मंसिर ४, २०७१
मोदीको जनकपुर र लुम्बिनी भ्रमण रद्द
सार्क सम्मेलनका लागि नेपाल आउँदै गर्दा जनकपुर र त्यसपछि लुम्बिनी भ्रमण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्धारित कार्यक्रम रद्द भएको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ ।
मोदीको जनकपुर भ्रमण रद्द भएको सम्बन्धमा भने उनलाई जनकपुरमा स्वागत गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ति जारी गरेरै जनाएका छन्।
एमाओवादीको नेतृत्वमा केही मधेशवादी दलहरुले गैर जिम्मेवारीपूर्ण तवरले स्वागत तयारीको विरोध गरेको र सुरक्षा घेरासमेत तोड्ने धम्की दिएकाले मोदीको भ्रमण रद्द हुन पुगेको निधिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मोदीको भ्रमणबारे नेपालमा दलहरुबीच विवाद भएको र सुरक्षामा समेत खतरा रहेको कारण देखाई जनकपुर र लुम्बिनी भ्रमण रद्द भएको स्रोतले बतायो ।
मोदीसँगै नेपाल आएका भारतीय पाहुनाका लागि भैरहवास्थित होटेलमा भारतीय दुतावासले गरेको बुकिङ समेत रद्द गरिएको छ ।

