समाचारशुक्रबार, मंसिर ५, २०७१
मोदीको जनकपुर भ्रमणबारे सरकार अन्योलमा
जनकपुरमा ५ मंसीरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव सूर्यप्रसाद सिलवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द नभएको जानकारी दिए । यसअघि, भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले रद्द भएको प्रस विज्ञप्ती सार्वजनिक गरेका थिए ।
यी दुई फरक अभिव्यक्तिले मोदीको भ्रमणबारे सरकारी निकाय नै अन्यौलमा रहेको देखिएको छ । परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले भ्रमणबारे सरकार अन्यौलमै रहेको बताए । उनले भने, ‘‘भ्रमण रद्द भइसकेको छैन, यसबारे छलफल भइरहेको छ ।’’
गृहसचिव सिलवालले पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका प्रहरी महानिरिक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धानका प्रमुखसहित उच्च सुरक्षा अधिकारीको उपस्थिति थियो ।
इश्वरचन्द्र झा, जनकपुर
————————————————————————————————————————————————————-
मोदीको जनकपुर भ्रमण रद्द भएपछि जनकपुर बन्द
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएपछि एमाओवादी र मधेश केन्द्रित दलहरुले जनकपुरबजार बन्दको आह्वान गरेका छन् ।
मोर्चा आवद्ध यी दलहरुले ५ मंसीर विहानदेखि नै जनकपुर बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनसँगै उद्योग, विद्यालय, यातायात, शैक्षिक संस्था सञ्चालन हुन दिइएको छैन ।
बन्द आह्वानपछि जिल्ला प्रशासनले सुरक्षा परिचालन व्यापक बनाइएको छ ।
