समाचारशुक्रबार, मंसिर ५, २०७१
चार दलको प्रस्तावको विरोधमा प्रर्दशन
संघीय समाजवादी पार्टी नेपालले कांग्रेस-एमालेको संविधान निर्माण सम्बन्धी प्रस्तावको विरोधमा केन्द्रीय कार्यालय महाराजगञ्जदेखि रत्नपार्कसम्म मौन जुलुश प्रर्दशन गर्ने कार्यालय सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार ५ मंसीर दिउँसो २ बजेबाट प्रदर्शन निकालिनेछ ।
एमाओवादी नेतृत्वको २२ दलीय मोर्चामा आवद्ध संघीय समाजवादीले विभिन्न विरोध कार्यक्रम गर्दै आएको छ ।
