समाचारशुक्रबार, मंसिर ५, २०७१
संविधान निर्माणमा केन्द्रित होऊः नेम्बाङ
संविधानसभा अध्यक्ष सुवास नेम्बाङले तत्कालै संवादहीनता अन्त्य गर्न दलहरुलाई आग्रह गरेका छन् । जावलाखेलमा ५ मंसीरमा आयोजित कार्यक्रममा उनले अब दलहरु एकै ठाउँमा आएर छलफल गर्नुपर्नेमा जोड दिए ।
“कुनै दल आमसभा र कुनै दल पत्रकार सम्मेलनमार्फत् आफ्ना धारणा राखिरहेका छन्,” उनले भने, “तर, दलहरुको यो कदम ठीक छैन, यसले समाधान निस्कदैन ।”
उनले दलहरुले आफैले बनाएका समिति एवम् संयन्त्रमार्फत् समाधान खोज्नुपर्नेमा जोड दिए । “दलहरुले संवाद गरेर समाधान खोज्नुपर्छ,” उनले भने ।
उनले गणतन्त्र, धर्मनिरपेक्षता र पहिचानसहितको संघीयताबाट देश पछि हट्न नसक्ने बताए । विगतका उपलब्धिलाई स्वामित्व ग्रहण गर्दै सहमति प्रयास गर्नुपर्ने उनको भनाइ छ ।
