समाचारशनिबार, मंसिर ६, २०७१
मन्त्री पण्डितको गाडीलाई ट्रकले ठक्कर दियो
इटहरीस्थित तालतलैयामा हुने कार्यक्रममा भाग लिन जाँदै गरेका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित चढेको बा१झ ९८९० नम्बरको गाडीलाई ६ मंसीर विहान ना१ख २३१७ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिंदा उनका स्वकीय सचिव वसिम आलम खाण घाइते भएका छन् भने मन्त्री पण्डित सकुशल नै छन् ।
घाइते आलमलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको छ। आलमको घाँटी, तिघ्रा, र कुममा चोट लागेको छ।
प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ।
