समाचारशनिबार, मंसिर ६, २०७१
१८ औं सार्कको प्रक्रिया शुरु, ३ केन्द्र खारेजी र ४ गाभ्न सिफारिस
६ मंसीर विहान काठमाडौंमा बसेको सार्क कार्यक्रम समितिको बैठकले सार्क सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अनुसन्धान केन्द्रलाई खारेज गर्न सिफारिस गरेको छ । त्यस्तै वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्रलाई गाभ्न सिफारिस गरेको छ ।
बैठकले प्रस्ताव गरेको सिफारिसलाई सन् २०१६ डिसेम्बरदेखि प्रक्रियामा लगी अन्तिम रुप दिइने सार्क महासचिव अर्जुनबहादुर थापाले जानकारी दिए ।
शिखर सम्मेलनको प्रारम्भका रूपमा लिइने उक्त बैठकले सार्कको संरचनाको हेरफेर र जिम्मेवारीलाई निर्धारण गर्नसमेत प्रस्ताव गर्नेे छ ।
बिहान होटल सोल्टीमा शुरु भएको समितिको बैठकमा आठ वटै सदस्य राष्ट्रका सहसचिव नेतृत्वको टोलीको सहभागिता छ ।
बैठकको प्ररम्भमा सार्कका महासचिव थापाले स्वागत गरेका थिए । कार्यक्रम समितिको अध्यक्षता माल्दिभ्सले नेपाललाई हस्तान्तरण गरेको छ ।
समितिको बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालको नेतृत्वमा टोली सहभागी छ ।
रासस
