समाचारशनिबार, मंसिर ६, २०७१
नेपाल हिन्दू गणतन्त्र हुनुपर्छः राणा
६ मंसीरमा महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपा अध्यक्ष पशुपति शम्शेर राणले आफू सनातन हिन्दू धर्मको पक्षमा रहेको र मुलुकमा हिन्दू धर्म मान्नेको जनसंख्याका हिसाबमा पनि नेपाल हिन्दू गणतन्त्र हुनुपर्ने बताएका छन् ।
उनले भने, “धर्मनिरपेक्षता छलफल नै नगरी घोषणा गरिएको हो ।” आफ्नो पार्टी राप्रपाले हिन्दू राज्यका बारेमा कुनै आधिकारिक निर्णय नगरे पनि आफू भने सनातन हिन्दू धर्मकै पक्षमा रहेको राणाले बताए ।
बच्चु विक
