थप समाचारशनिबार, मंसिर ६, २०७१

बर्दियामा बाघ मृत फेला

हिमालखबर

तस्वीर: भावुक योगी

तस्वीर: भावुक योगी

बर्दियाको भुरीगाँउ गुलरीया हुलाकी सडक अन्र्तगत पर्ने बगनाहा–१ ढुङ्ग्रहवाको गुप्तेश्वर महिला सामुदायिक वन भित्रको खोला किनारमा बुढो भाले पाटेबाघ मृत फेला परेको छ ।

सामुदायिक वनका चौकीदार लौघरीया थारु विहान वनमा गएका बेला खोला किनारबाट सिनोको गन्ध आएपछी खोजी गर्दै जाँदा मृत बाघ फेला परेको हो ।

ईलाका वन कार्यालयका सहायक वन अधिकृत लल्लन राउतका अनुसार पोष्टमार्टम गर्दा बाघको शरीरमा कुनै प्रकारको वाहीरी चोटपटक नलागेको र चारदिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ ।

भारतका वन्यजन्तु र बर्दिया निकुञ्जका वन्यजन्तु ओहोर दोहोर गर्ने एकमात्र मार्ग खाता जैविक मार्ग नजिकमा पर्ने गुप्तेश्वर महिला सामुदायिक वनमा पसेको बुढो बाघले आहारा नपाएर मरेको हुन सक्ने संरक्षणकर्मीले अनुमान गरेका छन् ।

यस अघि साउनमा पनि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने शिवपुर ६ को शिवपुर फाँटामा पर्ने कालीगौडी बाँध नजिक वयस्क भाले पाटेबाघ मृत फेला परेको थियो ।

तस्वीर: भावुक योगी

तस्वीर: भावुक योगी


यसअघि चितवन निकुञ्जमा आतंक मच्चाएपछि रेडियोकलर जडान गरी बर्दिया निकुञ्जमा छाडिएको बाघ पनि गत माघ महिना देखि सम्पर्कमा छैन ।

त्यस्तै दुई वर्षअघि चितवनबाटै ल्याईएको रेडियो कलर जडीत नमोबुद्ध नामक पाटेबाघ केही महिना भित्रै निकुञ्जको उत्तरी क्षेत्रमा चोरी शिकारीका कारण मारीएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा हालै गरीएको बाघ गणनामा ५० वटा वयस्क पाटे बाघ रहेको तथ्याङ छ ।
भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>