थप समाचारशनिबार, मंसिर ६, २०७१

खाना खेर नफाल्न अमेरिकीलाई आग्रह

हिमालखबर

हरेक वर्ष अमेरिकामा एक करोड ५४ लाख किलोग्राम खाना फालिने गरिएकाे वा333तावरण संरक्षण संस्था– इन्भाइरन्मेन्ट प्रोटेक्सन एजेन्सी (ईपीए)  जनाउँछन् ।

यसरी खेर फालिने खाना उत्पादन गरिएको, भित्र्याइएको तथा खरिद गरिएको खानाको २१ प्रतिशत हुने गरेको बताइन्छ । यसको मूल्य १.३ अर्ब अमेरिकी डलर बराबर हुने बताइएको छ भने अमेरिकामा प्रत्येक छ व्यक्तिमा एक भोको हुने गरेको जानकारी दिइएको छ ।

ईपीएले यसै साता सामाजिक आमसञ्चार अभियान सञ्चालन गरेको छ । यस संस्थाले खेर फालिने खाना तथा त्यसलाई जमिनमा फालिँदा उत्पन्न हुने हरितगृह ग्याससँग सम्बन्ध स्थापना गर्न प्रयास गरेको छ ।

यस संस्थाले आफ्नो बेवसाइटमा खेर फालिने खाना मिथेनको ठूलो स्रोत हुने र त्यसले कार्बन डाइअक्साइडको तुलनामा २१ प्रतिशत गुणा बढी पृथ्वीको तापक्रम बढाउनसक्ने उल्लेख गरिएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>