थप समाचारशनिबार, मंसिर ६, २०७१
एउटा सेतो फूल रु. साढे ४ अर्बको
‘जिम्सन वीड ह्वाइट फ्लावर नम्बर वान’ नामको पेन्टिङ न्यूयोर्कमा गत बिहीबार ४ करोड ४४ लाख डलर (करिब साढे ४ अर्ब रुपैयाँ) मा विक्री भएको छ ।
एउटा साधारण सेतो फूलको यो पेन्टिङ अमेरिकी पेन्टर ओकिफले सन् १९३२ मा बनाएकी थिइन् ।
यो कलाकृतिले जोआन मिशेलको एउटा अनाम कृतिको एक करोड १९ लाख डलरको लिलामीको रेकर्ड तोडेको छ ।
पेन्टिङका लागि होड
लिलामी आयोजना गर्ने संस्था सादबीका अनुसार यो पेन्टिङ किन्न पारखीहरुमा होड चलेको थियो ।
संस्थाले यसको लिलामी डेढ करोड डलर सम्ममा हुने अपेक्षा राखेको थियो ।
विश्वमा अहिलेम्मको महंगो पेन्टिङ फ्रान्सिस बेकनको हो जुन १४ करोड २४ लाख डलरमा बिक्री भएको थियो ।
कलाकार ओकिफको सन् १९८६ मा ९८ वर्षको उमेरमा निधन भएको थियो । उनी फूलहरुलाई ‘लार्ज फम्र्याट’ मा चित्रित गर्नमा नामी थिइन् ।
यसअघि ओकिफको सबैभन्दा महंगो पेन्टिङ सन् २००१ मा ६२ लाख डलरमा लिलाम भएको थियो ।
बीबीसीबाट
