समाचारशनिबार, मंसिर ६, २०७१

८ माघको कार्यतालिका फेरौंः एमाओवादी

हिमालखबर

पार्टी प्रवक्ता शर्माले केन्द्रीय कार्यालय पेरिसडाडाँमा ६ मंसीरमा पत्रकार सम्मेलन गरेर कार्यतालिका परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । उनले अर्थहीन भेटघाट र छलफल गरिरहनु भन्दा पनि ८ माघको विकल्प खोज्नु उत्तम हुने बताए ।

उनले सत्तारुढ दलहरु सहमतिको संविधान निर्माण गर्ने पक्षमा नरहेको आरोप लगाए । शर्माले भने, ‘‘पेलेर भएपनि निर्धारित समयमा संविधान बनाएर सरकारको नेतृत्व गर्नतिर एमाले लागेकाले सहमति हुन सकेको छैन, तर सहमतिबाटै संविधान जारी गर्न कार्यतालिका हेरफेरको विकल्प छैन ।’’

उनले कांग्रेस, एमालेलगायतका दलहरु हस्ताक्षर संकलन गर्न थालेपछि दलहरुबीच दूरी बढ्दै गएको बताए । शर्माले एमाओवादी संविधान निर्माणमा लचक भएपनि कांग्रेस–एमाले आफ्नै घोषणापत्रबाट पछि हट्दा विवादित विषयमा सहमति हुन नसकेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>