समाचारआइतबार, मंसिर ७, २०७१
एमाओवादी पछि हटेपछि सहमति भाँडियो
६ मंसीर साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलबीच भएको सहमतिबाट एमाओवादी पछि हटेपछि ७ मंसीर विहान १० बजे बोलाइएको बैठक बस्न नसकेको हो । समितिका सभापति बाबुराम भट्टराई नै अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो ।
एमाओवादीले आफ्नो मोर्चालाई सहमत गराउन नसकेपछि एमाओवादी नै पछि हटेको हो । एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाका १९ दलले विवादित विषय संविधानसभामा पठाउनेबारे असहमति जनाएका छन् ।
