समाचारआइतबार, मंसिर ७, २०७१

सार्क स्थायी समितिको बैठक शुरु

हिमालखबर

saarcहोटल सोल्टीमा ७ मंसीरमा शुरु भएकोे सार्क स्थायी समितिको बैठकमा सबै सार्क सदस्य राष्ट्रका परराष्ट्र सचिव नेतृत्वका टोलीको सहभागिता छ । दुई दिनसम्म चल्ने बैठकमा शिखर सम्मेलनको तयारीअन्तर्गत शनिबार सम्पन्न सहसचिवस्तरीय कार्यक्रम समितिले अनुमोदन गरेका र अघिल्लो कार्यक्रम समिति प्रतिवेदनको कार्यान्वयनको अवस्था प्रस्तुत गरिनेछ ।

बैठकमा सार्कका महासचिव अर्जुनबहादुृर थापाले सार्कको हालसम्मको कार्य प्रगति र भावी योजनाबारे प्रस्तुति राख्नेछन् । बैठकमा सार्कका सदस्यबीच गरिबी निवारण, सूचना प्रविधि, ऊर्जा सहयोगलगायतका महत्वपूर्ण विषयमा पनि पुनरावलोकन हुनेछ ।

सार्कमा रहेका नौ पर्यवेक्षक मुलुकसँगको सम्बन्ध र सार्कमा उनीहरुको स्थितिबारेमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

कामु सचिव वैरागीले सार्कका विगतका प्रतिबद्धता र कार्यक्रमलाई परिणाममुखी बनाएर त्यसको प्रतिफल सार्क क्षेत्रका जनतामा पु¥याउने भन्नेमा छलफल केन्द्रित हुने बताए ।

स्थायी समितिको बैठकमा सम्झौतापत्रमा हस्ताक्षरका लागि सदस्य राष्ट्रबाट प्रक्रिया र गृहकार्य पूरा भएर आएका विषय रेल, सडक र ऊर्जा सहयोगका विषयमा पनि छलफल हुनेछ ।

बैठकमा आयोजक राष्ट्रका नाताले नेपालले मस्यौदा गरी सदस्य राष्ट्रलाई पठाएको घोषणापत्रमा सदस्य राष्ट्रबाट सुझाव प्राप्त गर्ने क्रम जारी छ । ती सुझावलाई समेटेर घोषणापत्रलाई अन्तिम रुप दिनेबारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

दुई दिनसम्म चल्ने उक्त समितिको बैठकले राजनीतिकरूपमा सम्बोधन गर्नुपर्ने विषयवस्तुबाहेकका शिखर सम्मेलनमा पेस गर्ने सम्पूर्ण कार्यसूचीलाई अनुमोदन गर्नेछ ।

स्थायी समितिले पारित गर्न बाँकी रहेका विषयवस्तुमाथि यसपछि हुने सार्क मन्त्रिपरिषद्को बैठकले छलफल गरी अन्तिम रूप दिनेछ । मन्त्रिपरिषद्को बैठकले पारित गरेका विषयवस्तुका आधारमा काठमाडौँ घोषणापत्र तयार हुने र त्यसैको सेरोफेरोमा शिखर सम्मेलनमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखले सार्कसम्बन्धी धारणा प्रस्तुत गर्नेछन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>