समाचारआइतबार, मंसिर ७, २०७१
कमल थापालाई २१ दिने अल्टिमेटम
पद्यसुन्दर लावती नेतृत्वको राप्रपा नेपाल सुदृढीकरण अभियानले ७ मंसीरमा पत्रकार सम्मेलन गरी यस्तो अल्टिमेटम दिएका हुन् । ६३ जिल्लाका प्रतिनीधि बोलाएर दुई दिन गरेको असन्तुष्ट समूहको बैठकले यस्तो निर्णय गरेको हो ।
उनीहरुले थापा निर्वाचित भएको महाधिवेशन खारेज गर्नुपर्ने र गणेश थापालाई संविधानसभाबाट फिर्ता बोलाउनुपर्ने माग पनि गरेका छन् ।
